३ कार्तिक २०८३, मंगलबार

मनीषाद्वारा क्यान्सर एजुकेसन फण्ड स्थापना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले क्यान्सर एजुकेसन फण्ड स्थापना गरेकी छिन् ।

क्यान्सर जितेकी अभिनेत्री कोइलालले ‘मनीषा कोइराला क्यान्सर एजुकेसन फण्ड’ नामक कोषको औपचारिक घोषणा गरेकी हुन् । क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नु फण्डको उदेश्य रहेको छ । ग्लोबल कलेजसँगको सहकार्यमा फण्ड बनाइएको कोइरालाले बताएकी छिन् ।

कलेजका प्रिन्सिपल डा.करणसिंह ठगुन्नाले क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा फण्डबाट छात्रवृत्ति दिइने बताए । छात्रवृत्ति नगद तथा जिन्सीसमेत हुन सक्ने उनले बताएका छन् ।

अभिनेत्री कोइरालाले पीडामा रहेका मानिसहरूलाई मद्धत गर्ने कार्य सुरुवात भएकोमा आफू गौरवान्वित भएको बताइन् । फण्डका लागि अभिनेत्री कोइरालालाई ५ लाखको चेकसमेत हस्तान्तरण गरिएको छ ।

कोष स्थापना भएसँगै कोषले विभिन्न ठाउँका पीडित छनोट गरी ग्लोबल कलेजमा भर्ना दिइनेछ । भविष्यमा भने जो पीडित जहाँ पढ्न रुचि राख्छ त्यहीँ पढ्ने वातावरण बनाउन सकिने ग्लोबल कलेजका प्रिन्सिपल ठगुन्नाले बताए ।

सुरुवाती चरणमा ग्लोबल कलेज, ग्लोबल स्कुल, लिबर्टी कलेज तथा भ्याली भ्यू इङ्लिस स्कुलमा क्यान्सर पीडितले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् ।