१० कार्तिक २०८३, मंगलबार

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ मंसिर । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौँ, बारा, दाङ, सुनसरी र सर्लाहीमा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।

काठमाडौँको महानगरपालिका १६ बालाजुमा बा.६६ प ४१५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका १६ चौमती बस्ने संखुवासभा इटिला गाउँपालिका ५ घर भएका ४० वर्षीय हिमाल गुरुङको सोमबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजार हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुर बेलवाडीमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज २८७९ नम्बरको सुमो अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा सुमोमा सवार जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने ३० वर्षीया सुखी धामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सुमो चालक समेत अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिका २ पन्चे मन्दिर नजिक भित्री सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको टेलरमा बा.३५ प ३०२७ नम्बरको मोटरसाइकल सोमबार दिउँसो ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स संजिबनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका ६ घोराहीस्थित सडकमा लु.अ.क. ३९४६ नम्बरको स्कारपियोले रा.१ प ६७२१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका -१९ बिजौरी बस्ने २२ वर्षीया मनिषा लामिछानेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय बिराज लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको कोशी गाउँपालिका ५ कटानस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी पैदलयात्री अन्दाजी ४५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ