खोटाङ, १० चैत । प्रवेशिका परीक्षा दिइरहेकी एक परीक्षार्थीले बच्चा जन्माएकी छन् ।
डाँडागाउँ ओख्रेस्थित महेन्द्रोदय उमावि परीक्षा केन्द्रबाट एसएलसी दिइरहेकी शान्ति मावि छोरम्बुक सुजना राईले आज बिहान ११ बजे छोरा जन्माएको केन्द्राध्यक्ष केशवकुमार खड्काले जानकारी दिनुभयो ।
उनलाई रातिदेखि सुत्केरी व्यथा लागेको थियो । बच्चा जन्माएपछि उनको विज्ञान विषयको परीक्षा छुटेको छ ।















प्रतिक्रिया