३ कार्तिक २०८३, मंगलबार

युएनको गाडीको ठक्करले बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, १० चैत । युएनको गाडीको ठक्करले कञ्चनपुरको बेलौरी नगरपालिकाका एक बालकको सोमबार दिउँसो मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीले दिएको जानकारीअनुसार युएनको ६६–१–१३–१५ नम्बरको जिपले ठक्कर दिँदा बेलौरी नगरपालिका–६ दुम्ली खैरानाका–८ वर्षीय बालक सुवास भट्टको मृत्यु भएको हो ।

गाडीले ठक्कर दिएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो । गाडी र चालक प्रहरीको नियन्त्रणमा छ भने शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । रासस