३ कार्तिक २०८३, मंगलबार

रसाइलीले मोडलिङसँगै गीतमा संगीत दिन थाले, अञ्जु पन्तले दिइन साथ

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकबहादुर रसाइलीले आफूलाई कलाक्षेत्रमा सक्रिय बनाउन थालेका छन् । म्युजिक भिडियोमा मोडलिङ गर्दा गर्दै रसाइलीले गीत संगीततिर पनि हाले हालेका छन् ।

धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका रसाइलीले आफ्नै शब्द र संगीतमा ‘घायल’ बोलको गीत रेकर्ड गराएका छन् । गीतमा अञ्जु पन्तले स्वर दिएकी छिन् ।

अमर ओलीको निर्देशन रहेको म्युजिक भिडियोमा नायिका नीता ढुंगानासँग रसाइलीको अभिनय हेर्न पाइनेछ ।

रसाइली खुमन अधिकारी र मीना विसीको स्वर रहेको ‘तराजु’ बोलको गीतमा देखिने छन् । तराजुमा लय शब्द नारायण हर्मेलको छ । रसाइलीलाई कञ्चन चौधरी र नवीना बुढा मगरले साथ दिएका छन् । म्युजिक भिडियोका निर्देशन ईश्वर बाबुको रहेको छ ।

बोबी विकको स्वर रहेको ‘सोझो केटो’मा पनि रसाइलीको अभिनय हेर्न पाइनेछ । यो गीतको लय र शब्द पनि ईश्वर बाबुको रहेको छ । म्युजिक भिडियोमा रसाइलीलाई कञ्चन चौधरीले अपोजिटमा साथ दिएकी छिन् ।

रोल्पाबाट काठमाडौं रोजगारीका लागि आएका रसाइलीले म्युजिक भिडियोमा व्यस्त छन् । युट्युबमा राखिएका केही सर्ट फिल्म र सिरियलमा पनि रसाइलीले अभिनय गरेका छन् ।

मोडलिङ हुँदै रसाइली गीतमा शब्द र संगीत दिन पुगेका छन् । ‘गीतमा संगीत दिने रहर थियो । गायिका अञ्जु पन्त दिदीलाई गाउन लगाएर गीत रेकर्ड गराएको छु’, उनले भने, ‘शब्द पनि मैले लेखेको हुँ ।’ ‘घायल’ बोलका यो गीतमा रसाइलीले आफ्ना विगतलाई पनि झल्काउन खोजेका छन् ।

अबका दिनमा गीत संगीततिर आफूलाई सक्रिय बनाउने उनले बताएका छन् । तिहारका बेला उनले ३–४ वटा म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । तिहार लगत्तै ती गीतहरू युट्युबमा हेर्न पाइने रसाइलीले बताए ।