३ कार्तिक २०८३, मंगलबार

घरको छतबाट लडेर धरानमा एक वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष काफ्ले
सुनसरी, १० चैत । धरानको एक बगैचा लाइनको एक घरबाट खसेर मंगलबार आज विहान एक वृद्धाको मृत्यु भएको छ ।

आफ्नै घरको दुई तलाबाट विहान ५ बजे ८३ बर्षीया वृद्धा प्रेमलमु शेर्पाको खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विहान मर्निङ्ग वाकमा हिड्नेहरुले वृद्धाको शव मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सासु बुहारीमात्रै बस्दै आएका अन्य परिवारका सदस्य घरबाहिर भएको अवस्थामा यो घट्ना घटेपनि बुहारीले विहानमात्र सासुको मृत्यु भएको चाल पाएको प्रहरीले जानकारी दिएको छ ।

राति बाहिर निस्कने क्रममा लडेर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

मृतकको पोष्टमार्टका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको वडा प्रहरी कार्यालय धरानमा प्रमुख सहायक प्रहरी निरीक्षक कालुमान राईले जानकारी दिनुभयो ।