काठमाडौं । स्टार वान इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल टुरिजम–२०१९’की विजेता छिरिङ डोल्मा शेर्पा हिमाल आरोहणका लागि निस्किएकी छिन् । उनले सेभेन समित टेक प्रालिबाट आमादाब्लाम हिमाल आरोह गर्न लागेकी हुन् ।
एभरेष्ट टायल ट्रेक पद यात्रा हुँदै उनले आमादाब्लाम हिमाल आरोहण गर्नेछिन् । यो विश्वको उत्कृष्ट १० पद यात्रामध्य एक हो । आमादाब्लाम हिमाल ६ हजार ८ सय १२ मिटर उचाइँमा पर्दछ ।
‘सेभेन समित ट्रेक इन्टरनेशनल माउन्ट आमादाब्लाम एसपिडिसन टिम २०२०’ सहित हिमाल आरोहका लागि उनी केही दिन अगाडि काठमाडौंबाट निस्किएकी हुन् । सेभेन समित ट्रेकले यस अगाडि बराइनका राजकुमारलाई बराइन रोयल गार्ड क्मिबिङ टिममार्फत गत अक्टुबरमा माउन्ट लोबुचे माउन्ट मनास्लु सफल पूर्वक ओहण गराएको थियो ।
हिमाल आरोहणका क्रममा उनलाई लुक्ला एयरपोर्टमा खुम्बु पासाङ लामु गाउँपालिकाको उपमेयर टाशी शेर्पाले स्वागत गरेका थिए ।
सो अवसरमा उनले गाउपालिकामा ‘कोभिड—१९’को प्रभाबका बिषयमा छलफल गर्दै आफ्नो ‘छिरिङ डोल्मा शेर्पा’ फाउन्डेसनबाट हिमाल आरोहणदेखि पद यात्राका क्रममा दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारलाई शिक्षाबाट बन्चित नहोस् भनेर शिक्षाका लागि आवश्यक सहयोग गर्ने समेत बताएकी छन् ।
कोरोनाका कारण पछिल्लो समय पर्यटन ब्यवसाय धरापमा रहेको बेला आन्तरिक प्रर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आफू पद यात्रासहित हिमाल चढ्न लागेको छिरिङले बताइन् ।















प्रतिक्रिया