काठमाडाैं, २७ कात्तिक । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपालको हुम्लामा चिनियाँ सेनाले नेपाली भूभागमा सैन्य संरचना निर्माण गरेको आधारहीन दाबी गरिएको जनाएको छ।
यस्तो ‘अफवाह’ फैलाउनुका पछाडि भारत समर्थक मानिने नेपाली कांग्रेसको मुख्य भूमिका रहेको दाबी उक्त मुखपत्रमा गरिएको छ। उसले समाचारमा केही पश्चिमा रिपोर्ट र नाम उल्लेख नगरिएका राजनीतिज्ञलाई उद्धृध गरेको छ।
कांग्रेसका सांसद एवं पूर्वमन्त्री जीवनबहादुर शाही नेतृत्वको टोलीले नेपाल–चीन सीमा क्षेत्रमा भ्रमण गरेर चीनले नेपाली भूभाग अतिक्रमण गरेका दाबी गरे पनि त्यो गलत साबित भएको पत्रिकाले जनाएको छ।
शाहीले पश्चिमा र भारतीय इसारामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको बताएको दाबी उक्त पत्रिकाको छ। पत्रिकाले नेपाली बुद्धिजीवीले नेपालमा पश्चिमा गतिविधि बढेको र कैयौं विदेशी गैरसरकारी संस्थाका गतिविधिप्रति सन्देह व्यक्त गरिरहेको जनाएको छ।
कतिपय भारतीय टेलिभिजन च्यानलले नेपालको सार्वभौमिकताविरुद्ध समाचारहरू प्रसारण गरिरहेको र नेपाल–चीनबारे मनगढन्ते समाचारहरू फैलाइरहको पत्रिकाले जनाएको छ।
चीनविरुद्ध नेपाल–चीन सीमा विवादलगायतका विषयमा अफवाह फैलाउन केही भारतीय र पश्चिमाहरूले पाँच वर्षअघि सुरु गरेको र अहिले पनि त्यसलाई मिडियाका माध्यमबाट प्रचार गरिरहेको ग्लोबल टाइम्सले जनाएको छ।
नेपालमा ठूलो अदृश्य लगानी रहेको र त्यसमार्फत पश्चिमा र भारतीयहरूले आफ्नो प्रभाव जमाउन खोजिरहेको पत्रिकाले दाबी गरेको छ। नागरिक दैनिकले समाचार लेखेकाे छ ।















प्रतिक्रिया