
काठमाडौँ, २५ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै मृतकको संख्या एक हजार १ सय ४८ जना पुगेको छ ।
मंगलबार देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८ सय ५३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया