३ कार्तिक २०८३, मंगलबार

अर्जुन रामपालको घरसम्म छापा, ड्राइभर पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतकाे नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले बलिउड अभिनेता अर्जुन रामपालको घरसम्म छापामारेकाे छ ।

एनसिबीले रामपालका ड्राइभरबाट लागुऔषध बरामद गरेको जनाएको छ ।

यसअघि पनि बलिउडमा लागुऔषध कारोबार र प्रयोगकर्तासम्बन्धी विषय आउँदा अर्जुन रामपालको नाम आउने गर्थ्याे ।

लागुऔषध राखेको र किनबेच गरेको आरोपमा रामपालकी गर्लफ्रेन्ड ग्रैब्रियला डिमेट्रिएड्सका भाइ अगिसियालोसलाई नियन्त्रणमा लिएको छ ।

यसबाहेक एनसिबीले धर्मा प्रोडक्सनका पूर्वकार्यकारी निर्देशक क्षितिज प्रसादलाई पनि नियन्त्रणमा लिएको छ ।

एनसिबीले आइतबार फिल्म निर्माता फिरोज नाडियावालाको मुम्बई जुहुस्थित घरबाट गाँजा बरामद गरेको थियो । त्यसपछि नाडियावालाकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।