९ कार्तिक २०८३, सोमबार

मोरङमा थप ७ कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । विराटनगरमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नोबेल शिक्षण अस्पतालमा ३ जना, विराट नर्सिङ होममा २ जना, विराट मेडिकल कलेज र कोशी अस्पतालमा एक एक जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमा मोरङको रतुवामाई नगरपालिका ८ का ४८ वर्षीय पुरुष, इलाम मंगलबारेका ६५ वर्षीय पुरुष, सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुष, उदयपुरको त्रियुगा नगरपालिका ११ की ६५ वर्षीया वृद्धा महिला रहेका छन् ।

यस्तै, दमक नगरपालिका १ का ४२ वर्षीय पुरुष, सुनसरी इनरुवा ४ का ५७ वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय वृद्ध रहेका छन् ।

उनीहरुको आइतबार र सोमबार गरेर विभिन्न अस्पतालमा मृत्यु भएको हो ।