९ कार्तिक २०८३, सोमबार

काठमाडौँ विश्वविद्यालयको चेक बाउन्स गर्ने फरार आरोपित पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ कात्तिक । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैकिङ कसुर मुद्दाका संलग्न अभियुक्तलाई प्रहरीको पक्राउ गरेको छ ।

सीआईबीले कसुर सजाय भई फरार रहेका सुर्यप्रसाद साह बानेश्वरस्थित भेनस अस्पताल अगाडिबाट पक्राउ गरेको हो ।

सप्तरी वलान–बिहुल गाउँपालिका–५ रामनगर घर भएका साहविरुद्ध काठमाडौँ विश्वविद्यालयले चेक बाउन्स सम्बन्धमा ‘बैकिङ कसुर ’ शीर्षकमा जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेमा जाहेरी दिएसँगै बैकिङ कसुरमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौँ विश्वविद्यालयको बैकिङ कसुरमा मुदा दर्ता भएसँगै साह फरार भएका थिए । फरार साहलाई पक्राउ गरी दाअिला गरिदिन काभ्रे प्हरीबाट अनुरोध भएपछि साहलाई नयाँबानेश्वरबाट पक्राउ गरेको सीआईबीका प्रमुख सहकुल थापाले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रे पठाइएको थापाले बताए ।

साहले काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजमा एमबीबीएस अध्ययन गर्दा लाग्ने सरकारले तोकेको रकममध्ये पहिलो किस्ता बापतको १३ लाख ४१ हजार रुपैयाँ नगद काठमाडौँ विश्ववद्यालयको इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गर्नुपर्नेमा महालक्ष्मी विकास बैंक बानेश्वर शाखाको चेक नम्बर भी ००९४००५१९३ को चेक भुक्तानीको लागि भन्दै विश्वविद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको बनेपा शाखामा जम्मा गरिदिएका थिए ।

उक्त चेकको खातामा पर्याप्त रकम नभएपछि बैंकबाट चेक बाउन्स भएको भनि फिर्ता गरिदिएपछि विश्वविद्यालयले साहविरुद्ध बैकिङ कसुरमा मुद्दा दर्ता गरेको हो ।