११ कार्तिक २०८३, बुधबार

बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालको कार्यकारी अधिकृतमा बस्नेत नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलका महाप्रबन्धक प्रदीप बस्नेतले झापास्थित बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।

दुई दशकभन्दा लामो समयदेखि विभिन्न प्रतिष्ठित संस्थामा सफल ब्यवस्थापकीय जिम्मेवारी सम्हालेका बस्नेत नर्भिक हस्पिटलमा विगत ५ वर्षदेखि कार्यरत थिए ।

नव नियुक्त सिइओ बस्नेतले आफ्नो कार्यकालमा मेडिकल कलेज र अस्पतालले दिँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।

आफ्नो अनुभवमा पाएको ज्ञान शीपको पूर्ण प्रयोग गरि बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटललाई नेपालको एक प्रतिष्ठित स्वास्थ्य संस्था बनाउन लागि पर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

कोरोनाभाइरसको महामारीका बेला कर्मचारी तथा हस्पिटल व्यवस्थापनसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गरेका बस्नेत नर्भिकमा निकै रुचाइएका कर्मचारी मानिन्छन् ।

बस्नेतसँग विभिन्न प्रतिष्ठित कम्पनीमा २० वर्षभन्दा धेरै समय उच्च ब्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ ।