११ कार्तिक २०८३, बुधबार

वीरगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २४ कात्तिक । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा १२ वर्षका बालकको घटनास्थलमै मृत्यु भएको छ।

वीरगञ्ज २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको मृत्यु भएको हो।

लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गरेको बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए ।