मुम्बई । बलिउड नायिका काजल अग्रवालले ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग विवाह गरेकी छिन् । उनको विवाहको खबरदेखि तस्बिर सोसल मिडियामा जताततै छाएका छन् ।
अचानक विवाहको खबरले उनका प्रशंसक चकित पनि भए । महामारीका बेला आफूहरुले विवाहको निर्णय लिनुको कारणबारे काजलले जानकारी दिएकी छिन् ।
काजलले यसबारे खुल्ला रुपमा चर्चा गरेकी छिन् । उनले भनिन्, ‘मैले र गौतमले तीन वर्षसम्म एक–अर्कालाई डेट गर्यौं र त्यसपछि सात वर्षसम्म हामी साथी भयौं । साथी बनेर सुरु भएको हाम्रो सम्बन्ध दिन प्रतिदिन राम्रो बन्दै गयो ।’
‘हामी एक–अर्कालाई धेरैजसो भेट्थ्यौं । मेरो वा उनको सोसल पार्टी वा प्रोफेशनल एन्डीभरमा, हामी सधैं सँगै हुन्थ्यौं । जब लकडाउनमा हामी केही हप्तासम्म एक–अर्कालाई भेट्न पाएनौं तब हामी ग्रोसरीमा मास्क लगाएर एक–अर्काको झलक हेर्न पुग्थ्यौं । त्यतिबेला महसुस भयो कि हामी सँगै बस्न चाहन्छौं ।’
गौतमको विवाहको प्रस्तावबारे कुरा गर्दै काजलले भनिन्, ‘गौतम फिल्मी टाइप छैनन् र म यसैमा धन्य छु किनभने फिल्ममा मैले यस्ता कुरा धेरैपटक देखेँ । त्यसैले प्रस्ताव कुनै तामझामको थिएन ।
यो हामीबीच निस्किएको इमोशनल कन्वर्सेशन थियो । उनी आफ्नो भावनाका लागि असाध्यै इमानदार थिए र जसरी उनले आफ्नो भविष्य मसँग बिताउन चाहना राखे म योभन्दा थप निश्चित हुन सक्दिनथेँ ।’















प्रतिक्रिया