३ कार्तिक २०८३, मंगलबार

राजधानीको बिजुलीबजारमा पूर्वसैनिकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sena-murderकाठमाडौं, ९ चैत । राजधानीको बिजुलीबजारमा एक पूर्वसैनिक मृत अवस्था फेला परेका छन् ।

विजुलीबजार स्थित नेपाली सेनाका अवकाशप्राप्त सुबेदारको शव हत्या गरेर नदी किनारमा फालिएको अवस्थामा फेला परेको हो ।

बिजुलीबजारको पुल नजिक सोमबार सबेरै दाङ घर भइ काठमाडौंमा डेरा गरी बस्ने नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोलामा फालिएको सेनको शव घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

सेनलाई राति कसैले मारेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक सेनको टाउकोमा चोट लागेको देखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।