९ कार्तिक २०८३, सोमबार

आइतबार थप २८ सय १७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ८ सय १२ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।