९ कार्तिक २०८३, सोमबार

सरकारलाई उद्दार उडान बन्द गर्न सीसीएमसीको सिफारिस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार उडान बन्द गर्न सिफारिस गरेको छ ।

सीसीएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएको भन्दै उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको छ ।

कुटनीतिक नियोगहरुले करिब उद्धार गर्नुपर्ने नेपालीहरुको संख्या सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्ण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए ।

यदि कसैको उद्धार गर्नुपर्ने अवस्था रहेमा नियमित उडानमार्फत ल्याउन सीसीएमसीले सिफारिस गरेको छ । त्यस्तै, सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।