९ कार्तिक २०८३, सोमबार

ललितपुरमा रेड पाण्डाको छालासहित ६ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ कात्तिक । ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेड पाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ बर्षिय सुनिल गोले, २४ बर्षिय प्रकाश तामाङ, भोजपुरका ४१ बर्षिय सन बहादुर राई, खोटाङका १७ बर्षिय सोनाम राई, ताप्लेजुङका ३५ बर्षिय दिपक लिम्बु र सिन्धुलीका अम्बर बहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुको साथबाट ३ फिट ३ इन्च लम्बाई ९ फिट चौंडाई भएको रेड पाण्डाको छाला बरामद गरेको छ ।