– घनश्याम पौडेल
अर्घाखाँची, ८ चैत । उमेरले ९० काटी सकेका जुकेना ९ माक्सेवोटका निम बहादुर न्यौपानेले आफनो घर अगाडीबाट मोटर चडेर जाउला भनेर सपना पनि देखेका थिएनन् ।
तर उनको सपनाले साकारा रुप पाएको छ । उनको सपनालाई जुकेनाका स्थानीय युवाहरुले साकार रुप दिएका हुन् । युवाहरुले आफनै घर अगाडीबाट मोटर गुड्ने बनाईदिएपछि ९० वर्षिय न्यौपाने खुसीले गदगद भएको बताए ।
पहिलो पटक मोटर पुगेपछि स्थानीय बासिन्दाहरु बाजा गाजा र भोज भतेरका साथ अविरमाला लगाई खुसीयाली मनाएका थिए । एमाओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्जवले एक समारोहकाबीच सडकको उद्घाटन गरेका हुन् ।
स्थानीय १९ घरका परिवारले कोदालो खनेर हातमा फोरा पारी पारी करिव तिन महिनाको मेहनतमा आफनो वस्ती सम्म मोटरबाटो पु¥याएका हुन् ।
जिल्लाको अति विकट गाविसको रुपमा चिनिने जुकेनामा सरकारी रकमबाट बाटो खन्ने काम होला भन्ने आसाबाट निराश भएका स्थानीय बासिन्दाले प्रत्येक घरका सदस्यहरु दैनिक रुपमा गई ३ महिनाको अथक मेहनतबाट गाउँमा मोटर पु¥याएका हुन् ।
विकट हाम्रा वस्तीमा सडक पु¥याउन कसैले चासो नदिएपछि आफुहरु सडक निर्माणमा लागेको स्थानीय अगुवा युवा मुकुन्द्र पौडेलले बताए ।
वस्तीबाट जुकेनाको मुल सडक सम्म आउन ६ घण्टा हिडेर आउनु पर्ने बाध्यता थियो,‘विरामी परे पनि थला परेर मरिन्छ भन्ने भयो र सरकारको मुख नताकी हामी गाउँका ४० जना युवा मिलेर लगातार तिन महिना सम्म गैटी, कोदालोले खनेर करिव ७ किलोमिटर सडक निर्माण ग¥यौं न्यौपानेले भने ।’
अब विरामी परे पनि १ घण्टामा सडक सम्म आउने बातावरण भयो उनले थपे । स्थानीय बासिन्दाले आफनो मेहनत मात्र नभई आफुसंग भएको रकम सम्म हालेर सडक निर्माण गरेको सुनाए ।
आफुहरुको योजनामा सहयोग गर्नुको साटो जिल्ला वन कार्यालय अर्घाखाँचीले बनबाट सडक लगेको भन्दै अवरोध गर्न खोजेको स्थानीय युवा तथा पाखापानी भिमखात रागाकास लामाताल मोटर बाटो समितीका सचिव कमल ज्ञवालीले दुखेसो पोखे ।
तस्करसंग मिलेर गैर कानुनी तरिकाले जंगलकाबीच बीचमा सडक खन्न दिने कार्यालयले स्थानीय जनताले साञ्चै विकासका लागी खनीएका सडकलाई रोक्न खोजेको प्रति आक्रोस व्यक्त गरे ।
कहिले घरका सबै परिवार त कहिले एक जना गएर सडक निर्माण गरेका हौ,‘ समितीका अध्यक्ष लक्ष्मण पौडेलले भने सडकमै पाल टागेर चिउरा खाएर निर्माण कार्य सम्पन्न गरेका हौ ।’
सडक खन्दा परेका फोराले हात रक्तामै भएका थिए अझै निको भएका छैनन् उनले थपे । जिल्लाको विकासमा नमुना योग्य काम गरेर अन्य ठाउँका मान्छेलाई समेत पाठ सिकाएको प्रमुख अतिथी चन्द्र बहादुर खड्काले भने ।
गाविसको विकासमा हातमाहात मिलाएर जाने नेपाली काग्रेसका जिल्ला सदस्य छविलाल पौडेल,एमाले जिल्ला सदस्य ऋषी रेम्मी, एमाओवादी जिल्ला सदस्य मणीराम अधिकारीले प्रतिवद्धता जाहेर गरे ।















प्रतिक्रिया