३ कार्तिक २०८३, मंगलबार

एक लाख पुरस्कार दिने गरी दस लाखको गुठीकोष स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), ९ चैत । चितवनमा एकजना साहित्यकारले वार्षिक रु एक लाखको पुरस्कार दिने गरी रु १० लाखको गुठीकोष स्थापना गर्नुभएको छ ।

भरतपुरका स्थानीय लक्ष्मीकान्त शर्मा (लकास) पौडेलले सो गुठीकोष स्थापना गर्नुभएको हो । आफ्ना पिता स्वर्गीय नीलकण्ठ पौडेल र आमा हस्तकला तथा पञ्चकलाको स्मृतिमा यसरी गुठी स्थापना गरिएको लकासले बताउनुभयो । उक्त गुठीको नाम स्वर्गीय पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान राखिएको छ ।

कुल रु १० लाख २५ हजार रुपैयाँ गुठीमा राखिएको र त्यसको ब्याज रकमले साहित्यकारलाई पुरस्कार प्रदान गरिने लकासले उल्लेख गर्नु भयो । साहित्य, कला र संस्कृतिको क्षेत्रका कृति तथा कृतिकार एवम् सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई उक्त पुरस्कार प्रदान गरिने लक्ष्य राखिएको छ ।

साहित्यकार सँगै गरिब परिवारलाई समेत पुरस्कार दिने योजना रहेको नीलकण्ड पौडेल स्मृति प्रतिष्ठान (गुठी)ले जनाएको छ । उक्त प्रतिष्ठानको मुख्य कार्यालय चितवन र पुरानो कर्मथलो बागलुङ भएकाले त्यहाँ पनि शाखा स्थापना गरिने प्रतिष्ठानले जनाएको छ । रासस