३ कार्तिक २०८३, मंगलबार

दाङका विद्यार्थी संगठनद्वारा जिशिअको विरोध गर्दै विवादित केन्द्राध्यक्ष हटाउन माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang ka disrict education officer prahlada aryal– निशानदाजु भट्टराई
घोराही, ८ चैत । दाङका क्रियाशिल विभिन्न विद्यार्थी संगठनहरुले जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा विवादित र निजी विद्यालयका सञ्चालक नै केन्द्राध्यक्ष तोकिएकोप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

अनेरास्ववियु दाङका अध्यक्ष विरवल खड्का, विप्लव निकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रकाश शाहि, बैद्य निकट अखिल क्रान्तिकारी दाङका उपाध्यक्ष प्रशान्त वलि, अखिल छैठौ दाङका जिल्ला अध्यक्ष बसन्त आचार्य, अनेरास्ववियु दाङका सचिव गोपाल रेग्मी र अखिल पाँचौका विद्यार्थी नेताहरु जिल्ला शिक्षा कार्यालय दाङमा पुगी सहायक जिल्ला शिक्षा अधिकारी रामलाल खड्काको ध्यानाकर्षण गराउदै परीक्षाका विषयमा सञ्चारमाध्यममा आएका कुराहरुलाई गम्भिरतापुर्वक लिई कारवाही प्रक्रीया थाल्न आग्रह गरेका छन् ।

विद्यार्थी संगठनहरुले परीक्षालाई मर्यादित, ब्यवस्थित र शान्तिपुर्ण बनाउने सवालमा गम्भिर भएको र विगतका दिनहरुमा परीक्षा सञ्चालन, परीक्षा केन्द्र निर्धारण लगाएका विषयमा शिक्षा कार्यालयले संगठनसंग छलफल गर्दै आएको सहायक जिल्ला शिक्षा अधिकारी खड्कालाई स्मरण गराउदै यस वर्ष सञ्चालन भइरहेको एसएलसी परीक्षाका विषयमा आफुहरुलाई मौखिकरुपमा समन्वय गर्ने आश्वासन दिएको र त्यो ब्यवहारमा लागु नगरेकोप्रति आक्रोस पोखेका थिए ।

एसएलसी परीक्षालाई मर्यादित र ब्यवस्थितरुपमा सञ्चालन गर्नका लागि सरकारले निर्देशिका बनाएपनि त्यसलाई जिल्ला शिक्षा कार्यालय दाङले चुनौती दिएपछि जिल्लाका विभिन्न विद्यार्थी संगठनहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

जिल्लाको पद्योदय पब्लिक नमुना उच्च मावि परीक्षा केन्द्र घोराहीमा विद्यानिलकण्ठ उच्च माविका घोराहीका शेयरधनि डा. कृष्णराज डिसीलाई केन्द्राध्यक्ष, सोहि परीक्षा केन्द्रवाट परीक्षा दिइरहेका छोराका वुवा लोकबहादुर बस्नेतलाई सहायक केन्द्राध्यक्ष, वालमितेरी उमावि भोजपुर परीक्षा केन्द्रमा मुनामिलन वोर्डिङ भोजपुरका सञ्चालक ओमप्रकाश ओलिलाई केन्द्राध्यक्ष, सोही वोर्डिङ आवद्ध शिक्षकलाई सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिएको सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

निर्देशिका विपरीत दाङका जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले परीक्षा केन्द्रका केन्द्राध्यक्ष नियुक्त गरेपछि आइतबार विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

परीक्षाका विषयमा केही दिन यता सञ्चारमाध्ययले पटक–पटक कुरा उठाउदा पनि जिल्ला शिक्षा अधिकारी अर्यालले केही वास्ता नगरेको आरोप लगाउदै उनिहरुले तत्काल विवादित र निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष जस्ता महत्वपुर्ण पदवाट नहटाए आन्दोलन गर्ने चेतावानी दिएका छन् ।

सरकारले बनाएका परीक्षा निर्देशिकामा परीक्षा केन्द्रमा परीक्षा दिइरहेका निजी विद्यालयका सञ्चालक वा उनीहरुका छोराछोरी भएमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकको जिम्मेवारी नदिने स्पष्ट प्रावधान हुँदाहुँदै जिशिअ अर्यालले जिल्लाका विभिन्न शिक्षक संघ/संगठनको आडमा निजि विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष बनाउनुभएको हो ।

विगतदेखि नै परीक्षालाई मर्यादित बनाउनका लागि यस्ता कुराहरुलाई सचेततापुर्वक रोक्ने कार्यहरु भइरहेको जनाउँदै विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रमा विद्यार्थीले सानो गल्ति गर्दा पढ्नै नपाउनेसम्मका कारवाही गर्ने तर, स्वार्थमा लागेर शिक्षकहरुले शिक्षा जस्तो संम्वेदनशिल विषयमा खेलवाड गर्दा समेत शिक्षा कार्यालयले सच्याउने सवालमा कुनै ध्यान नदिनु दुखद कुरा भएको उल्लेख गरिएको छ ।

परीक्षा जस्तो गम्भिर र सम्वेदनशिल विषयमा अनेक लाभलाई लिएर विभिन्न कार्यहरु भएकाले तत्काल यस्ता कार्यहरु सच्याउन विद्यार्थी संगठनहरुद्वारा बुझाइएको ज्ञापनपत्रमार्फत जोडदार माग गर्नुका साथै आगामी दिनमा विद्यार्थीहरुको भविष्यसंग जोडिने सबै विषयमा संगठनहरुसंग शिक्षा कार्यालयलाई समन्वय गर्न सुझाव दिईएको छ ।