३ कार्तिक २०८३, मंगलबार

ओली निवासमा बोलाइएको एमाले बैठक माधव नेपालबाट बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepal

भक्तपुर, ८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाइएको पार्टीको स्थायी समितिको बैठक नेता माधवकुमार नेपालले बहिष्कार गर्नुभएको छ ।

पार्टीको बैठक पार्टी मुख्यालय बल्खुमै राख्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता नेपालले अध्यक्ष ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आयोजना गरिएको बैठक बहिष्कार गर्नुभएको हो । अध्यक्ष ओली केही दिन यता अस्वस्थ भएका कारण स्थायी कमिटीको बैठक उहाँकै निवासमा आयोजना गरिएको थियो । महाधिवेशन अघि ओली अस्वस्थ भएका कारण काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा आयोजना गरिएको स्थायी कमिटी बैठक पनि नेता नेपालले बहिष्कार गर्नुभएको थियो ।

बैठकमा एमाले उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको निवासमा बैठक राखिएको विषयमा कुरा उठाउनुभएको थियो । उहाँले व्यक्तिको घरमा बैठक राख्दा नराम्रो सन्देश जाने भन्दै बरु अध्यक्ष अस्वस्थ भए बैठक नै नराख्न प्रस्ताव गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सोमबारकोा स्थायी समिति बैठकमा देशको समसायिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । एमाले सचिव प्रदीप ज्ञवालले मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले गर्ने भनेको आन्दोलन र यसका चुनौतीका बारेमा समेत छलफल भएको जानकारी दिनुभयो । बैठकमा एमालेभित्रको कार्य विभाजनका बारेमा पनि छलफल भए पनि सोमबारको बैठकमा पुनः छलफल हुने उहाँले उहाँले बताउनुभयो ।