
काठमाडौँ, २० कात्तिक । नेपालमा थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ४ सय ३० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १ हजार ५२ जना पुगेको छ ।















प्रतिक्रिया