भरतपुर, २० कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा माउ गैंडा र बच्चा मृत फेला परेको छ ।
निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ गैंडा र बच्चा फेला परेको निकुञ्जले जनाएको छ ।
बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
बरालका अनुसार माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका छ । गत भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै रहेको बरालले जानकारी दिए ।















प्रतिक्रिया