११ कार्तिक २०८३, बुधबार

दाङमा लुम्विनीको राजधानी तत्काल सर्दैनः मन्त्री चौधरी

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोहन पौडेल

परासी, १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले दाङको देउखुरीमा राजधानीका लागि स्थायी संरचना निर्माण भएपछि मात्रै बुटवलबाट प्रदेशको राजधानी सारिने बताएका छन् ।

प्रदेशसभाको आगामी हिउँदे अधिवेशन स्थायी राजधानी दाङमा गर्ने तयारी प्रदेश सरकारले नगरेको उनले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सरावलले सोमबार नवलपरासी–बर्दघाट सुस्ता पश्चिमको सरावल–४ मा गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री चौधरीले हाल उक्त क्षेत्रमा संरचनाको अभाव रहेकोले तत्कालै बैठक बसाल्न सम्भव नभएको बताए ।

स्थायी राजधानी तोकिएपनि तत्कालै सरिहाल्ने सरकारको तयारी नरहेको उनको तर्क छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पाल्ही बहुमुखि क्याम्पसका पूर्व स्ववियू सभापति सुखाडी चौधरीको नेतृत्वमा सरावलका विभिन्न वडाबाट १२७ जना नेकपामा प्रवेश गरेका छन् ।