काठमाडौं । हाम्रो समाजमा विहे गर्दा केटीका घरपरिवार तथा केटीसंग केटापक्षले कुराकानी गर्ने चलन छ । त्यसैअनुसार कुराकानी मिलेमा विवाह बन्धनमा केटाकेटी बाधिन्छन् ।
तर, भारतको चेन्नईमा एक युवतीले आफ्नो हुनेवाला श्रीमान (वेहुला)को विहे अगाडी नै अपहरण गरेकी छिन् । विहे पछाडी वेहुलाकै घर जानुपर्ने भएपनि ती युवतीले ४ युवक लगाएर हुनेवाला श्रीमानको अपहरण गरेकी हुन् ।
घटना किन गरियो ? भनेर ती युवकले अपहरण मुक्त भएपछि खुलाएका छन् । चेन्नईका ६० वर्षीय पूर्व बैंकर नवी रामामूर्थीले आफू अपहरणमा परेको खुलाएका हुन् । उनले जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएका छन् ।
बुढेसकालमा हेरचाह गर्ने व्यक्तिको खोजीमा उनले तमिलको एक पत्रिकामा श्रीमती चाहियो भनेर विज्ञापन दिएका दिएका थिए । विज्ञापन हालेको दोस्रो दिन उनलाई चेन्नईकै विष्णुमती नामकी युवतीले फोन गरेर बसपार्क नजिक भेट्न बोलाईन् ।
युवतीको निर्देशन अनुसार वेहुला रामामूर्थी बस स्टेण्ड पुगे । युवतीसंग केही बेर गफगाफ पनि गरे । त्यसपछि ती युवतीका चार जना व्यक्तिले बैंकरलाई गाडी हालेर उठाएर लगे ।
अपहरण मुक्त भएका बेहुला रामामूर्थीले प्रहरीलाई दिएको वयान अनुसार अपहरणमा परेपछि उनलाई सिधै बैंक लगिएको थियो। उनको खातामा त्यतीबेला ३५ लाख रुपैयाँ थियो । त्यो पैसा अपहरणकारीले मागेका थिए ।
तर, वेहुला रामामूर्थीले होशियारी गरेर आफ्नो पैसा बचाए । र आफू अपहरणकारीको कब्जाबाट भाग्न सफल भए । पीडित वेहुला रामामूर्थीले बताएअनुसार युवतीले फोन गर्दा पैसाको बारेमा पनि सोधेकी थिईन् ।
वहेुलाले पनि युवतीसंग विहे गर्ने सपना सजाएर आफूसंग बैंक खातामा ३५ लाख रुपैयाँ भएको भनेर बताएका थिए । अनुसन्धानका क्रममा प्रहरीले विहेको नाटक गरी युवतीले पैसा लुट्ने योजना बनाएको दाबी गरेको छ ।
ठगी गर्ने गिरोहले युवतीको प्रयोग गरि बैंकर तथा हुनेवाला वेहुला रामामूर्थीको पैसा लुट्न खोजेको प्रहरीको निष्कर्ष छ । पीडितको वयानमा प्रहरीले युवतीसहित ठगी गर्ने गिरोहको खोजी गरिरहेको छ । एजेन्सीको सहयोगमा













प्रतिक्रिया