काठमाडौं । गायक भुपु पाण्डेले ‘मेरो दाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।
तिहारको अवसर पारेर गायक पाण्डेले ‘मेरो दाई’ सार्वजनिक गरेका हुन् । गीतमा पाण्डेलाई गायिका मेलिना मैनालीले साथ दिएकी छिन् ।
गीतको शब्द मधुरकवि उपाध्यायले लेखेका हुन् । गीतको संगीत र एरेञ्ज पनि गायक पाण्डे आफैले दिएका छन् ।
गायक पाण्डेले तिहारको अवसरमा केही गरौँ भनेर ‘मेरो दाई’ गीत बनाएको बताए । गीत राम्रो बनेको पाण्डेले बताएका छन् ।















प्रतिक्रिया