दिक्तेल, १६ कात्तिक । खोटाङ जिल्लाकाे दिक्तेल बजारमा कोरोना संक्रमण बढ्दै गएपछि सिल गरिएको छ ।
समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल बजार सिल गरिएको हो ।
दिक्तेलका व्यवसायीहरूमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरू तथा गैरसरकारी निकायहरू बन्द भएका हुन् ।















प्रतिक्रिया