
–डा. रविन्द्र पाण्डे
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर टेस्ट भएको छ । जसमध्ये २ हजार ५ सय ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो प्रतिशतमा हेर्दा २७ ५ प्रतिशत हो ।
त्यस्तै २४ घण्टामा थप १७ जना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ ।
संक्रमितहरुमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ३ सय ५७ अर्थात ५०.१५ प्रतिशत संक्रमित थपिएका छन् । त्यस्तै, हाल देशभर ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये होम आइसोलेसनमा ३१ हजार ८ जना र संस्थागत आइसोलेसन वा अस्पतालमा ७ हजार ५ सय ७६ जना रहेका छन् । त्यस्तै, मुलुकमा हाल २ हजार ४ सय १० जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो तथ्यांकले देखाउंछ ?
- परीक्षण निकै कम भयो
- संक्रमण प्रतिशत धेरै भयो
- काठमाडौँ उपत्याका बिष्फोटक अवस्थामा पुग्यो
- मृत्युदर बढ्दैछ
- क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून भए
- संस्थागत आइसोलेसन प्रभावकारी भएनन्
- यति सानो संख्या होम आइसोलेसन बाहिर हुँदा पनि अस्पतालमा बेड अपुग छ
- ९६ जना आइसीयुमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आइसीयु प्याक भए ? जब कि सरकारले २६०० आइसीयु र ९०० भेन्टिलेटर छन् भनेको छ
तथ्यांकले के सल्लाह दिन्छ ?
- परीक्षण दर जतिसक्यो धेरै बढाउनुपर्छ
- संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ
- सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्दछ
- काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ
- अस्पतालमा दैनिक बेड अडिट गर्नुपर्छ । खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्छ
- ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्छ उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्नु पर्दछ
- सेनालाई साधन र स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ
- हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्नुपर्छ
- हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य गर्नुपर्छ
- हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ ।













प्रतिक्रिया