

काठमाडौँ, १५ कात्तिक । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब दुई घन्टा लामो छलफल भएको छ ।
छलफलमा अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन् ।
उनीहरुबीच १२ दिनपछि शनिबार बालुवाटारमा भेटघाट भएको हो ।
छलफलमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । त्यसक्रममा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेको बताइएको छ ।
दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड १९ बारे धारणा राखेका थिए ।
यद्यपि प्रधानमन्त्री ओलीले प्रचण्डको धारणामाथि कुनै जवाफ नदिएका बताइएको छ ।
पार्टीविपरीत प्रधानमन्त्री ओलीले निर्णय लिएपछि उनीहरुबीच विवाद बढेको हो ।
पार्टीमा केही समयअघिको लामो विवाद साम्य भएलगत्तै पुनः विवाद सुरु भएको छ ।















प्रतिक्रिया