२८ आश्विन २०८३, बुधबार

वृद्ध जोडीको २१५ दिनपछि पुनर्मिलन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फ्लोरिडा । कोरोना भाइरस संक्रमणका कारण छुट्टाछुट्टै बस्दै आएका एक वृद्धवृद्धाको जोडीको २१५ दिन पछि हालै पुनर्मिलन भएको छ ।

उनीहरु दुबै जना एक अर्काबाट टाढा हुँदा निकै चिन्तित थिए । फ्लोरिडाका दुई वृद्ध ६० वर्षदेखि विवाह बन्धनमा रहँदै आएका छन् । जोसेफलाई मार्च महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो तर कोरोना प्रतिबन्धको कारण अस्पतालमा भेट गर्न दिइएको थिएन ।

उनी अस्पतालबाट डिस्चार्ज भएपछि श्रीमती इभसँग पहिलोपटक भेट हुँदा निकै भावुक भएका थिए । उनीहरु दुबैजना अहिले केयर होममा बस्दै आएका छन् ।

जब जोसेफलाई डिस्चार्जपछि पहिलोपटक देखिन्, तब उनले आफ्नो श्रीमानलाई धेरै सम्झेको बताइन् । इभले भनिन्, ‘म तिमीलाई धेरै माया गर्छु आइ लभ यू सो मच, मैले कति मिस गरें तिमीलाई ।’

तब जोसेफले भने, ‘मलाई ६० वर्षमा केही गर्नुपर्छ भन्ने लागेको थियो, मैले तिमीलाई धेरै मिस गरें ।’

रोज क्यासल केयर होमको नर्स क्लेरी अब्र्युको अनुसार, ुइभको स्मरणशक्ति उमेरसँगै निकै कमजोर हुँदै गएको छ र धेरै कुरा बिर्सिंदै आएकी थिइन् तर उनले आफ्नो श्रीमानलाई बिर्सेकी छैनन् । उनी हरेक दिन जोसेफको बारेमा कुरा गर्छिन् र उनी आफूसँग फर्किने आशा गरिरहन्थिन् ।’

उनले भनिन्, ‘हामी उनीहरुको पुन मिलनको भिडियो बनाउन लागेका थियौं र उक्त समय त्यहाँ उपस्थित सबैजनाको आँखामा आँशु थियो ।’ एजेन्सी