२९ आश्विन २०८३, बिहिबार

अधिवेशनको पूर्वसन्ध्यामा एनआरएन अमेरिकाको तेस्रो साधारणसभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

nrn3– विजय थापा 

वासिङ्टन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएन अमेरिका) को तेस्रो साधारण सभा समुद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

दश हजार ६६३ साधारण सदस्य रहेको एनआरएन अमेरिकाको तेश्रो अधिबेशन मार्च २१–२२ तारिख बीच वासिङ्गटन डिसीमा हुँदैछ ।

दुई दिने अधिवेशन तथा तेस्रो साधारण सभामा सहभागी हुन नेपाल, अमेरिका, क्यानाडा तथा अमेरिका बिभिन्न राज्यहरुबाट ५ सयभन्दा बेशी सदस्य, शुभ चिन्तक तथा अतिथिहरुको उपस्थिति रहेको छ ।

तेस्रो साधारण सभाको उद्घाटन पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि युएस राज्य बिभागका उपसहायक सचिब अतुल केशब, अध्यक्ष खगेन्द्र जिसी तथा तेश्रो साधारण सभा कार्यक्रम संयोजक लोकनाथ तिवारीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा भर्जिनियाको नेपाली पाठशालाका बालबालिकाहरुले नेपाली राष्ट्रिय गीत गएका थिए भने अंग्रेजी राष्ट्रिय गीत प्रकृति देउजाले गाएकी थिइन् ।

कार्यक्रम संयोजक लोकनाथ तिवारीले सबैलाई स्वागत गर्दै एनआरएन अमेरिकाको बारेमा जानकारी गराएका थिए ।

प्रमुख अतिथि केशबले मन्तब्य ब्यक्त गर्दै आफु नेपाल ३ पटक गएको र नेपाल एक उत्कृष्ठ देश भएको प्रशंसा गरे ।

उनले सयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ नेपालको भूमिका अतुलनीय छ भन्दै नेपालमा अझ पनि संबिधान बन्न सकेको छैन ।

संबिधान बन्न त्यति सजिलो छैन भन्दै अमेरिकामा पनि धेरै पटक संबिधान परिवर्तन भएको उल्लेख गर्दै व्हाइट हाउसबाट लेखिएको शुभकामना पत्र पढेर सुनाउनु भएको थियो ।

एनआरएन अमेरिकाको तेस्रो साधारणसभालाई अमेरिकन सरकारका बिभिन्न बिभाग तथा संघ संस्थाका प्रतिनिधि व्यक्तिहरुले शुभकामना दिएका थिए ।

एनआरएन आईसीसी अध्यक्ष शेष घलेको शुभकामना संदेश एनआरएन युएसएका उपाध्यक्ष श्री पराजुलीले पढेर सुनाएका थिए ।

तेस्रो साधारण सभालाई अमेरिकाकालागि कार्यबाहक नेपाली राजदुत ऋषिराम घिमिरेले को सफलताको लागि शुभकामना दिएका थिए ।

नेपाल सरकारकातर्फबाट नियुक्त हुनु भएका क्यालिफोर्नियाकालागि अवैतनिक बाणिज्यदूत ऋषि ढकालले युवाहरु परदेश जाने क्रम बढ्दो छ भन्दै अमेरिकामा गलैचा निर्यात गर्न पहल भै रहेको जानकारी दिए ।

सम्मेलनलाइ अर्का अवैतनिक बाणिज्यदूत प्रेमराजा महतले पनि सम्बोधन गर्दै अधिवेशनको सफलताको लागि शुभकामना दिएका थिए ।

एनआरएन आइसीसीका संरक्षक डा. अम्बिका अधिकारीले ४ हजार प्रतिशत सदस्य वृद्धि गरेकोमा एनआरएन अमेरिकालाई धन्यबाद दिदै उक्त सदस्यलाई व्यवस्थापन गर्न पनि ४ हजार प्रतिशतले बढाउनुपर्छ भने ।

मन्तब्यकै क्रममा सामाजिक कार्यकर्ता डा. बिष्णुमाया परियारले अधिकांश वक्ताहरु पुरुष मात्र भएकोमा आगामी दिनमा यो कुरामा सुधार गर्नुपर्ने बताईन् ।

नेपालबाट भर्खर आई पुगेका नेपाली चलचित्रका महानायक राजेश हमालले एनआरएन सबैको ह्दयको निकटतामा बस्न सफल भएको संस्था भएकोले एक पटकको नेपाली सधै नेपाली भन्ने नारा नेपाल सरकारले पनि गम्भीरता पुर्वक लिनुपर्ने बताए ।

लाउडन काउन्टी डेमोक्रेटिक पार्टीका डलस जिल्लाका हरि शर्माले स्थानीय क्षेत्रमा गएर निर्वाचन क्षेत्रमा नाम दर्ता गराउनुपर्ने सुझाब राखे ।

साधारणसभा समुद्घाटन कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए भने महासचिब कृष्ण पोख्रेल तथा कोषाध्यक्ष बेधराज बस्नेतले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले केहि महत्वपूर्ण काम गर्न सफल भएको र केहि काम गर्न अझ बाकी रहेको जानकारी गराए ।

अध्यक्ष जिसीले नेपालमा चाडोभन्दा चाडो सबिधान बनोस भनि जोडदार माग गर्दै सहभागी सबैलाई आभार व्यक्त गरे ।

nrn nrn1 nrn2  nrn4