
-दीपक गौतम
अख्तियारले ७ दिने सार्वजनिक सूचना जारी गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकणमा बयान लिन बोलाएपछि विजय मिश्र जापान छन् भन्ने हल्ला सुनेँ ।
अख्तियारले उर्दी जारी गरेका ब्यक्ती जापानमा छन् भन्ने सुनेपछि उनको नम्बर पत्ता लगाएर फोन गरेँ, केही कुराकानी पनि भयो । अन्तर्वाताका लागि अनुरोध गरे तर उनले सुरुमै शर्त राखे कि आफ्नो विज्ञताको बिषयमा प्रश्न सोध्न नपाउने ।
पत्रकारिता गर्न थालेको १७ वर्ष भन्दा बढी भयो, यसबीच मैले थुप्रै व्यक्तिहरुको अन्तर्वाता लिएको छु कसैले पनि शर्त सहित अन्तर्वाता दिएका छैनन्, विशेष परिस्थिति बाहेक ।
कुराकानीकै क्रम उनले भने अस्ती एउटा भाईले अनुरोध गरेर अन्तर्वाता दिएको सूर्य पाठकले जस्तो प्रश्न गर्छु । फेरी उनले थपे विज्ञताको विषयमा मलाई प्रश्न गर्न पर्दैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा मलाई जस्तो ज्ञान नेपालमा कसैलाई छैन ।
यो प्रसंग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकणमा अख्तियारले सार्वजनिक सूचना जारी गरी ७ दिन भित्र बयानका लागि बोलाइएका विजयप्रकाश मिश्रको हो ।
उनले सुन्न इन्कार गरेको प्रश्न भित्रको रहस्य के रहेछ, यती भएपछि मलाई थप बुझ्न उत्सुकता लाग्यो र मैले उनैले नाम उच्चारण गरेका सांसद सूर्य पाठकसँग कुराकानी गरेँ । र उनले केही कुरा यसरी सुनाए सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकणमा सार्वजनिक लेखा समितिमा उजुरी परेपछि छानबिन गर्नु पर्यो ।
त्यसका लागि विज्ञहरुसँग छलफल गर्नु पर्यो । अनि लगानी बोर्डले विज्ञ भनेर उनै मिश्रलाई पठायो । अनि मैले सार्वजनिक लेखा समितिको सदस्यको हैसियतले तपाईं बिज्ञ भन्ने आधार के के हुन भनेर प्रश्न गरेको हो ।
कहाँ अध्ययन गरेर विज्ञता हासिल गर्नु भयो भनेर मैले प्रश्न सोधेपछि उहाँले आधारहरु पेश गर्नुको सट्टा हामीलाई उल्टै बद्नाम गर्न खोज्नु भयो तर सबै कुरा पुष्टी हुँदै आइरहेका छन् । पाठक जापानमै बसेर पीएचडी सकेर नेपाल फर्केका हुन् ।
शायद मिश्रको बारेमा केही जानकार थिए होला र के आधारमा विज्ञ भन्ने प्रश्न सोधेका होलान । यसपछि उनको अन्तर्वाताका झन सक्रिय भएँ । तर, विज्ञताको बिषयमा प्रश्न सोध्न नपाउने शर्तमा अन्तर्वाता दिन सक्ने बताएका मिश्र त्यस यता न मेरो फोन उठाएका छन् न त कुनै सन्देशको उत्तर नै दिएका छन् ।
सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको खन्डमा सार्वजनिक सूचना जारी गरी बयानका लागि बोलाइने सामान्य प्रकृया बुझेकोको र वारेश दिएर संपर्कबिहीन भएको समाचार पढेकाले पनि उनिसँग अन्तर्वाता गर्नु अनिवार्य आवश्यकता थियो मेरो लागि ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको मुद्दा अनुसन्धानकै प्रकृयामा रहेकाले यो मेरो त्यती चासोको विषय थिएन । अख्तियारमा वारेशु दिएर संपर्क बिहिन भन्ने समाचार गोरखापत्रमा सूचना आउनु भन्दा एक दुई दिन अगाडि पढेको थिएँ ।
सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको खन्डमा सार्वजनिक सूचना जारी गरी बयानका लागि बोलाइने सामान्य प्रकृया बुझेकोको र वारेश दिएर संपर्कबिहीन भएको समाचार पढेकाले पनि उनिसँग अन्तर्वाता गर्नु अनिवार्य आवश्यकता थियो मेरो लागि ।
जुन दिन मिश्रसँग मेरो कुरा भयो त्यही दिने मैले एउटा प्रश्न सोधेको थिए कि तपाईं कुन स्टाटसमा जापान छिर्नु भयो ? उनको उत्तर थियो यो विषयमा अहिले नबोलौ ।
बिजय मिश्र मसँग यदी सत्य बोलेका छन भने अख्तियारले गोर्खापत्रमा सार्वजनिक सूचना जारी गर्नु भन्दा ठीक १ महिना अघी जापान आएका हुन् ।
नेपाल सरकारले जापानमा अलपत्र परेका नागरिकको उद्दारका लागि गरेको चार्टर उडानमा उनी जापान फर्के । उनी जापान आउँदा जापान सरकारको प्रतिबन्धित लिस्टमा नेपाल पनि थियो र अहिले पनि प्रतिबन्ध हटेको छैन ।
यो प्रसँग किन कोट्टाउंदै छु भने मिश्र जापान प्रवेश गर्दाका बखत कुटनितिक नियोगका प्रतिनिधि, जापानी नागरिकका परिवार या जापानको पिआर भएकाहरु मात्रै जापान प्रवेश गर्न पाउथे ।
त्यसैले म ढुक्कले भन्छु या उनी जापानी नागरिक हुन या पिआर होल्डर । मिश्र किन यो कुरामा अहिले बोल्न चाहदैनन होला भनेर सोच्दै थिए यत्तिकैमा गूगलमा एउटा अन्तर्वाता देखेँ ।
फागुन ११ गतेको उक्त अन्तर्वातामा भनिएको थियो प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक जापानको पिआरधारी भएकाले छानबिन गर्न माग गर्दछु ।
पाठक भने नेपाल जानु पूर्वनै यहाँका सम्पूर्ण बैंकका खाताहरु समेत बन्द गरेर घर फर्किएका हुन । अहिले आफु परिवार भेट्न जापान आउन परे भिजिट भिषामा आउने गरेको पाठक बताउँछन् । पाठकका श्रीमती, छोरी र भाई जापानमा बसोबास गर्छन् । भनेको उनी पिआर होल्डर होइन ।
आफ्नो बिज्ञता र जापानी स्टाटस बारे बोल्न नचाहेका मिश्रको बिगत जापानमा कस्तो रहेछ भन्ने बारे कौतुहल्ता जागे पछि जापान बस्ने लमजुङका पुरना मान्छेहरुसँग उनका बारे बुझ्ने कोशीस गरे । मिश्र विद्यार्थी भिषामा जापान आए पनि मुलत उनी रेस्टुरेन्ट व्यवसायी हुन् । सुरुमा उनले कामाता भन्ने ठाउमा फुलवारी रेस्टुरेन्ट खोलेका थिए ।
उनलाई चिने जानेकाहरुले उनले करिब १५ २० वर्ष पहिलेनै १० देखी १५ वटा सम्म रेस्टुरेन्ट सन्चालन गर्थे र नेपाल बाट कुकको रुपमा कामदार ल्याउने र प्रतिव्यक्ती १२ लाखका दरले पैसा लिने गर्थे । कामदार जापान आइसकेपछि कामदारको श्रीमती र छोरा छोरी ल्याउँदा समेत उनी उतिनै पैसा लिन्थे,
उनको आर्थिक स्थिती उकालो लागेको यही बाट हो । जुन चलनलाई कतिपय अहिलेका व्यवसायीहरुले पनि निरन्तरता दिएका छन । यसै अबधिमा उनले नेपालको केन्द्रिय राजनीति सँग पौच पु¥याइ सकेका थिए ।
कति सम्म भने तत्कालिन एमाले नेताहरु आउँदा उनी बिमानस्थल लिन पुगिसकेका हुन्थे । यसरी नेताहरुको नजिक भएकाले उनी लगानी बोर्ड छिर्न सफल भए त्यती मात्रै होइन बिज्ञको हैसिएतमा संसदिय समितिमा पुगे, यो हो मिश्रको बिगत र बर्तमान ।
मेरो यो लेख न त मिश्रप्रतिको आग्रह पुर्वाग्रह नै हो, न त सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणप्रतिको टिप्पणी नै । नेताको नजिक भयो भने कस्ता मान्छे जिम्मेवारीमा पुग्दा रहेछन त्यस्को उदाहरण मात्रै हो यो ।
नेताहरुलाई मेरो आग्रह छ बरु आफ्नै नालनातानै नियुक्त्त गर्नुहोस् तर सम्बन्धित क्षेत्रमा बिज्ञता भएको त्यस क्षेत्रको ज्ञान भएको ब्यक्त्ति नियुक्त्त गर्नुहोस् । अनविज्ञलाई विज्ञ त कसरी मानौ र नेता ज्यु ? लेखक हाल जापानमा छन् ।













प्रतिक्रिया