– विश्वास खड्काथोकी
जो कसैलाई लाग्छ, मलेसियामा दुई वर्ष ११ महिना बिताएर आएकाले टन्न पैसा कमाएका होलान् । विदेशी जीवन मोजमस्ती, रमाइलोमा बिताएका होलान् । डिबीले भने मोजमस्तीको होइन, मलेसियामा कहालिलाग्दो भोगाइको कथा सुनाउन थाले ।…
‘मलेसियामा मुख्य कुरा सुरक्षा छैन । धन्न बाँचेर आइयो यही ठूलो कुरा हो’, डिबी कहालीलाग्दा दिनहरुतर्फ फर्कन्छन्, ‘बाँचेर नेपाल आउँछु भन्ने सोचेकै थिइँन । अव भुलेर पनि मलेसिया जाँदिन ।’…
‘बंगाली र झापाका नेपालीहरुको झगडा परेको थियो । एकदिन नेपालीले बंगालीको लागि गुण्डा लगाइदिएका रहेछन् । बेलुकी गुण्डाहरु आए । चेनगेट फुटाले र बंगालीलाई खोज्न थाले । बंगालीहरु झ्यालबाट हामफालेर भागे । कतिको हातखुट्टा नै भाँचियो । गुण्डाहरुले बंगाली नभेटेपछि मधेशतिरका मेरै एकजना साथीको टाउको तरबारले काटिदिए ।’…
















प्रतिक्रिया