३ कार्तिक २०८३, मंगलबार

एपी शेर्पाले ल्याए दशैं गीत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान । गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् ।

कोभिड १९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियोसहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानलमार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् ।

गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन् ।

‘बर्षदिनमा आउने चाँड

खुशीले छायो सारा गाउँ शहर

दुःखलाई भुलाई सबै एकै ठाउँमा मिली

खुशीले रमाउ आऊ झुमौं

नाचौं गाऔं गरौँ रमाइलो

दशैं आयो

खुशीको बहार आयो

गाउँ शहरमा उमंग छायो’

आगामी बर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियोसहित गीत रिलिज गर्ने वातावरण तयार होश भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध पनि गरेका छन् ।

हेर्नुस् दशैं गीतको भिडियो :