धादिङ, ८ चैत । दक्षिणी धादिङको महादेवस्थान गाविस वडा नं ८ जरुङका एक युवक बालिका बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका छन् ।
बाख्रा चराउन गएकी बालिकालाई ललाइफकाई बलात्कार गरी फरार भएका २४ वर्षीय बलबहादुर तामाङलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
पीडित बालिकाले घटना भएपछि आमालाई खबर गरेकी थिइन् । घाइते बालिकाको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्दा चलाइने बताइएको छ ।















प्रतिक्रिया