दाङ, ८ चैत । दाङमा एक वृद्धले आफ्नै नातिनीसंग जबरजस्ती गरेका छन् । दाङको बागमारे ७ का ५९ वर्षे नरबहादुर दमाईले आफ्नै १२ वर्षीय नातिनीको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दमाईले नातिनीमाथि २ वर्ष अघि जबरजस्तीकरणी गरेका थिए । करणी गरेर फरार रहेका दमाईलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी चक्रराज जोशीले दमाईले आफ्नै नातिनीलाई करणी गरेको जाहेरी परिवारजनले प्रहरीमा दिएपछि दुईवर्ष देखि फरार रहेको बताउनुभयो ।
डिएसपी जोशीका अनुसार आफ्नै नातिनीमाथि करणी गरेर दुईवर्ष देखि फरार दमाईलाई आईतबार गाई मारेको आरोपमा दाङको एक गाउँबाट पक्राउ गरिएको हो ।
दमाईले आफ्नै घरको गाईको गएराति १० बजे धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । आरोपित दमाईलाई प्रहरीले आईतवार विहान पक्राउ गरि ईलाकामा बुझाएको छ ।















प्रतिक्रिया