३ कार्तिक २०८३, मंगलबार

लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ । गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ । यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।

यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन् । नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् ।

समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन् । विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’मार्फत भिडियो सार्वजनिक भएको छ ।

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरूका आवाजमा उत्कृष्ठ गीतहरू सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।