३ कार्तिक २०८३, मंगलबार

संविधानसभाका अध्यक्ष नेम्वाङ र प्रचण्डबीच टेलिफोन वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-and-subash-Nembangकाठमाडौँ, ७ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई चैत ११ गते अगावै सहमतिको सबै प्रयास गर्न आग्रह गर्नुभएको छ ।

सभाध्यक्ष नेम्वाङले आज अध्यक्ष दाहाललाई टेलिफोन गरेर संविधानका अन्तरवस्तुमा सहमति गर्ने कार्यलाई यथाशक्य छिटो टुङ्गोमा पुर्‍याउन ध्यानाकर्षण गर्नुभएको हो ।

अध्यक्ष दाहाल यही चैत ९ देखि १३ गतेसम्म मित्रराष्ट्र चीनको भ्रमणमा जानु हुने कार्यक्रम तय भइसकेको सन्दर्भमा अध्यक्ष नेम्वाङले यो बीचमा पूरा गर्नुपर्ने जिम्मेवारीका लागि पार्टीमा आवश्यक व्यवस्था मिलाउन समेत सल्लाह दिनुभएको छ ।

जवाफमा अध्यक्ष दाहालले सहमतिका लागि विभिन्न तहमा संवाद भइरहेको र विवादित विषयहरु सहमतिको नजिकमा रहेकाले सकारात्मक ढङ्गले निष्कर्षमा  पुर्‍याउने प्रयास भइरहेको बताउनुभएको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले सहमतिका लागि भएका प्रयास र चालिनुपर्ने कदमका बारेमा आजै अबेर वा आइतबारभित्रै छलफल गर्ने जानकारी दिनुभएको थियो । प्रमुख दलका शीर्ष नेतालाई यही चैत ११ गतेसम्म संविधानका विवादित विषयमा सहमति गर्न यसअघि नै अध्यक्ष नेम्वाङले ध्यानाकर्षण गराउनुभएको थियो ।