३ कार्तिक २०८३, मंगलबार

गैँडाको आक्रमणबाट बालक घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्दिप भट्ट
चितवन, ७ चैत । पुर्वी चितवनको रत्ननगरमा गैंडाको आक्रमणमा परी शनिवार एक वालक घाईते भएका छन् ।

रत्ननगर १० मनी खोला नजिक उनिमाथी गैंडाले एक्कासी आक्रमण गरेको थियो । सोमवहादुर विकका छोरा रोसन विकलाई दिउसो ४ बजेको समयमा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता राजन अधिकारीले जानकारी दिए ।

साथीहरुसंग खेलिरहेको उनलाई गैंडाले एक्कासी आक्रमण गरपछि अन्य साथीहरु भागेका थिए । घाईते वालकको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

१० बर्षीय विकको फोक्सोको केही भाग बाहिर निस्किएको अवस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।