
काठमाडौँ, २ कात्तिक । अब कोरोनाभाइरस संक्रमणको उपचार तथा परीक्षण आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा रहेर खटिनेहरुको खर्च सरकारले गर्नेछ भन्ने अन्य व्यक्तिले आफ्नै खर्चमा उपचार गर्नुपर्नेछ ।
यद्यपि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा परीक्षण र उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरेको छ ।
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
गौतमका अनुसार यो निर्णय कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।















प्रतिक्रिया