८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा कोरोनाले २५१ को मृत्यु, करिब साढे २२ हजार छन् सक्रिय संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यकामा पछिल्लो समय तीव्रतर गतिमा कोरोनाभाइरस संक्रमण फैलिरहेको छ ।

जसमा काठमाडौँ जिल्लामा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् ।

काठमाडौँ उपत्यकामा अहिलेसम्म २ सय ५१ जनाको मृत्यु भइसकेको छ । देशभर ७ सय २७ जनाको कोरोनाबाट मृत्यु हँुदा काठमाडौं उपत्यकामा मात्रै यति धेरै संख्यामा कोरोनाबाट मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाअनुसार उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा मात्र ४३ हजार ३ सय ६ जना कोरोना संक्रमित भएका छन् । ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २ सय ९० जना संक्रमित भएका छन् ।

उपत्यकाको यो संक्रमण देशभरको झण्डै आधा संख्या हो । मन्त्रालयकाअनुसार अहिले देशभर १ लाख २९ हजार ३ सय ४ जना संक्रमित रहेका छन् । जसमध्ये ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं अहिलेसम्म सबैभन्दा बढी कोरोनाबाट मृत्यु भएको जिल्लाको रुपमा रहेको छ । काठमाडौंमा मात्र १ सय ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा ४८ जना र भक्तपुरमा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

देशभर अहिले ३८ हजार ७ सय ३७ जना संक्रमितले उपचार गराइरहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार उपत्यकामा मात्र २२ हजार २ सय ४८ जना संक्रिय संक्रमित रहेका छन् ।