८ कार्तिक २०८३, आइतबार

होम आइसोलेसनमा मृत्यु भएकाको आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ कात्तिक । सरकारले होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । अब होम आइसोलेसनमा मृत्यु भएमा प्रहरी तथा जनप्रतिनिधिलाई सूचना दिनुपर्नेछ ।

यद्यपि शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई ¥याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पु¥याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित निर्देशिकामा जनाइएको छ ।

यसअघि कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको थियो ।