
काठमाडौँ, २ कात्तिक । साइकलमा सवार बाबुछोरीलाई टिपरले ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ८ मा भएको दुर्घटनामा गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको मृत्यु भएको छ । उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल भने गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा छोरी जमुनाको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
उनीहरुलाई आइतबार दिउँसो करिब १ बजे रा १ ख २०२१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार अर्काे टिपर पनि आइरहेको र उनीहरु बीचमा लडेपछि एउटा टिपरले ठक्कर दिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया