९ कार्तिक २०८३, सोमबार

बेड अभावमा घर फर्काइएकी एक कोरोना संक्रमित महिलाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिए पनि बेड अभावमा घर फर्काइएकी धरान–१५ की एक ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

उनी छोरीको घरमा आइसोलेसनमा बसिरहेकी थिइन् । शनिबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि प्रतिष्ठान लगिएपनि बेड अभाव भएकाले लगिएकै थिएन ।

हाल प्रतिष्ठानमा बेड अभाव भएको भन्दै संक्रमितहरूलाई भर्ना लिन छाडिएको छ ।