
विराटनगर, २ कात्तिक । उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाका मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।
८ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति दुर्घटनामा परेको हो ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको उक्त कार सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की, २६ वर्षीय कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की र ३५ वर्षीया नरिमाया सार्कीको घटनास्थलमै मृत्यु भएको इप्रका कटारीले जनाएको छ ।
त्यस्तै, कटारी नगरपालिका ८ सिरिसेका ३० वर्षीय महेशबहादुर बिकको मृत्यु भएको छ ।
यस्तै ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र कार चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।















प्रतिक्रिया