२९ आश्विन २०८३, बिहिबार

कोरोना संक्रमणपछि चार दीर्घकालीन समस्या

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । २०१९ को अन्तिममा पत्ता लागेको कोरोना भाइरस कोभिड–१९ भाइरसको प्रभाव यसको प्रकृतिबारे अहिले पनि धेरै तथ्य पत्ता लाथ्न सकेको छैन । वैज्ञानिकहरु खोज अनुसन्धानमा लागि नै रहेका छन् । कोभिड–१९ सम्बन्धी नयाँ–नयाँ तथ्यहरु पत्ता लगाएको दाबी पनि गरिरहेका छन् ।

यसैबीच बेलायतको एक अनुसन्धानकर्ता संस्था नेनल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चले कोरोना संक्रमणबाट हुने दीर्घकालीन असरबारे अनुसनधान गरेको छ ।

यस अनुसन्धान सहभागीहरुमा देखिएका समस्या अनुसार कोभिड–१९ संक्रमण भएकामा विशेष गरी निम चार ४ दीर्घकालीन समस्या देखिएको छ  ।

अध्ययन अनुसार कोभिड–१९ संक्रमणपछि  निम्न दीर्घकालीन समस्या देखिए 

+ फोक्सो र मुटुमा स्थायी क्षति
+ सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
+ भाइरस सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
+ निरन्तर कोभिड–१९ का लक्षणहरू देखिएर स्वाथ्यमा समस्या

फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेको देखिएको छ ।

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड–१९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन। बीबीसी