८ कार्तिक २०८३, आइतबार

उपचारपछि घर फर्किएकी नुवाकोटकी कोरोना संक्रमित महिलाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवपुरी गाउँपालिका वडा नं. ४ सिक्रेकी ६१ वर्षीया महिला रहेकी छन् । उनको शनिबार घरमै मृत्यु भएको हो ।

उनमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

स्थानीयका अनुसार मृतक महिला दम र निमोनियासहित क्यान्सरबाट पनि पीडित थिइन् ।

साथै उनलाई गत असोज २९ गते मात्रै काठमाडौँको टिचिङ अस्पतालबाट उपचारपछि घर फिर्ता ल्याएएको थियो। गाउँमै मृत्यु भएपछि शव व्यवस्थापनको पहल भइरहेको जिल्ला प्रशासन नुवाकोटले जनाएको छ ।