८ कार्तिक २०८३, आइतबार

प्रहरी हवल्दार श्रीमतीसहित ४ लाख घुस लिएको अवस्थामा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १ कात्तिक । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

हवल्दार सहनी श्रीमतीसहित शुक्रबार पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन भन्दै घुस मागिरहेको सूचनाका आधारमा पक्राउ गरेको हो ।

उनीहरूलाई उक्त रकम लिइसकेको अवस्थामा सियारी गाउँपालिका ७ खनाल मिठाइ पसलनजिकबाट रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।